Saturday, December 30, 2017

चुनाव खर्च बुझाउन आयोगको ताकेता

१६ पुस, काठमाडौं । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई चुनाव खर्च बुझाउन ताकेता गरेको छ ।
आयोगले आइतबार एक सूचना प्रकाशित गरेर उम्मेदवारसँग विवरण मागेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ मा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र बुझाउनु पर्ने उल्लेख छ । आयोगले यही व्यवस्थाअनुरुप खर्च विवरण बुझाउन उम्मेदवारहरुलाई आग्रह गरेको हो ।
उम्मेदवारले आयोग वा आयोगले तोकेको कार्यालयमा खर्च विवरण पेश गर्न सक्ने छन् ।
मंसिर १० र २१ गते दुई चरणमा प्रदेशसभामा ३३० र प्रतिनिधिसभामा १६५ स्थानमा प्रत्यक्ष निर्वाचन भएको थियो । प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारले २५ र प्रदेशतर्फका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने सिलिङ सरकारले तोकेको थियो । आयोगले खर्च सिलिङ तोके पनि अधिकांश उम्मेदवारले लक्ष्मण रेखा नाघेर खर्च गरेका थिए ।
२०७४ पुष १६ गते ११:२८ मा प्रकाशित

Friday, December 29, 2017

About My Life

My personil program

About of Election

for country

International News

for international news

Entertainment

this side is entertainment

Games

Games is world

Status

this is for friend

Video

this side is for video

News

thi is news

Gallery

This gallery are of photo

About me

This is me

Thursday, December 28, 2017

भीमफेदी कारागारमा झडप, ६ जना घाइते http://bit.ly/2BNC7U8

Add caption

पुस १३, २०७४ - मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागारमा चौकीदार र बन्दीबीच झडप हुँदा आज ६ जना घाइते भएका छन । क्षेत्रीय कारागार भीमफेदीको ‘ख’ ब्लकमा झडप भएको हो । घाईते मध्ये दिव्य श्रेष्ठको अवस्था गम्भीर छ । उनको चुरेहिल अस्पतालमा भइरहेको छ । अन्य ५ जनाको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । चौकीदार रमेशकुमार लामा पक्ष र उनको विपक्षमा रहेका बन्दीहरुबीच झगडा भएको जेल प्रशासनले जनाएको छ । चौकीदार लामा पक्षले जेल भित्रको पसलमा शोषण गरेको, बन्दीहरुलाई बोल्न नदिएको, आफनो पक्षलाई मात्र नाइके, भाईनाइकेमा भर्ती गरेको भन्दै अधिकांश बन्दीहरु रुष्ट थिए । आज दिउँसो १२ बजे चौकीदार लामा लगायत जेल भित्रको कोठाको चेकिङ गरिरहेको अवस्थामा दुई पक्षबीच झडप भएको थियो । चौकीदार लामा पक्षले ६ जना बन्दीहरुलाई दाउरा र चिर्पटले हिर्काएको घाइतेहरुले बताएका छन् । सो ब्लकमा ३ सय ७१ जना कैदी बन्दी छन् । Source