Add caption |
पुस १३, २०७४ - मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागारमा चौकीदार र बन्दीबीच झडप हुँदा आज ६ जना घाइते भएका छन । क्षेत्रीय कारागार भीमफेदीको ‘ख’ ब्लकमा झडप भएको हो । घाईते मध्ये दिव्य श्रेष्ठको अवस्था गम्भीर छ । उनको चुरेहिल अस्पतालमा भइरहेको छ । अन्य ५ जनाको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । चौकीदार रमेशकुमार लामा पक्ष र उनको विपक्षमा रहेका बन्दीहरुबीच झगडा भएको जेल प्रशासनले जनाएको छ । चौकीदार लामा पक्षले जेल भित्रको पसलमा शोषण गरेको, बन्दीहरुलाई बोल्न नदिएको, आफनो पक्षलाई मात्र नाइके, भाईनाइकेमा भर्ती गरेको भन्दै अधिकांश बन्दीहरु रुष्ट थिए । आज दिउँसो १२ बजे चौकीदार लामा लगायत जेल भित्रको कोठाको चेकिङ गरिरहेको अवस्थामा दुई पक्षबीच झडप भएको थियो । चौकीदार लामा पक्षले ६ जना बन्दीहरुलाई दाउरा र चिर्पटले हिर्काएको घाइतेहरुले बताएका छन् । सो ब्लकमा ३ सय ७१ जना कैदी बन्दी छन् । Source
No comments:
Post a Comment