Wednesday, December 27, 2017

जिग्रीले जन्माएको ‘पाँणे’ झण्डै खुस्किएन !

काठमाडौं । शनिवारलाई ‘फुर्सदको समय’ मान्छन् शहरमा बस्नेहरु । अरु दिन सबैरै अफिस पुग्न पर्नेहरु पनि शनिवार अवेरसम्म उठ्दैनन् । विद्यार्थीदेखि अन्य कतिपय अभिभावकसमेत शनिवार मस्तीका साथ बिताउँछन् ।
एकजना व्यक्ति यस्ता छन्, जसलाई शनिबार पनि फुर्सद छैन । शनिबार त झन् उनको व्यस्तताको दिन हो ।
हो, हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँणे’ले ३६ हप्ता भयो, शनिवारको विदा नबसेको । अरु विहान फुर्सद हुनसक्छ तर, शनिवार बिहान उनलाई भ्याइ नभ्याई हुन्छ । हरेक शनिवार ‘पाँणे’ बिहानै मुखमा माक्स लगाउँछन् र कुचो बोकेर सडक बढार्न पुगिहाल्छन् ।
शहर सफा राख्ने, सभ्य बनाउने जस्ता कुरा उनलाई सुन्दै रमाइलो लाग्छ । नुवाकोटको ककनीमा जन्मेका घिमिरे घाँस, दाउरा गर्दै हुर्किएका हुन् । त्यसकारण यस्ता काम गर्न उनी रुचाउँछन् ।
‘मलाई त यसरि हुलमा मिसिएर काम गर्दा सार्‍है रमाइलो लाग्छ । गाउँमा पर्म लगाएको याद आउँछ’, घिमिरेले भने ।
सन्तोष पन्तको दर्शन
स्कुल पढ्दा निकै सक्रिय थिए घिमिरे । नाच्न, गाउन र नाटक गर्न खुब रमाइलो लाग्थ्यो । स्कुलमा आयोजना हुने कार्यक्रममा जति नै राम्रो गरेपनि चर्चा स्कुलमै सिमित हुन्थ्यो ।
सोही कारण घिमिरे करिअरको खोजी गर्दै काठमाडौं आए । सन्तोष पन्तको ‘हिजो आजको कुरा’ निकै चर्चित थियो । टिभीमा कार्यक्रम हेरेर लोभिएका घिमिरेले सुटिङ स्पट पत्ता लगाए । केही साथीसहित उनी सुटिङ स्पटमा पुगे, रमा थपलिया अभिनय गरीरहेकी थिइन् । घिमिरेको ग्रुपले टाढा बसेर सुटिङ हेर्‍यो तर, निर्देशक पन्तसंग गफ गर्ने हिम्मत गरेन । घिमिरेलाई अहिले पनि सम्झना छ ।
‘चार महिना त हामीले सन्तोष पन्तलाई हेर्‍यौं मात्रै’, उनले भने ।
जिग्रीले जन्माए पाँणे
अर्जुन घिमिरे भनेर कसैले भन्यो भने कतिपयलाई अन्यौल हुन सक्छ । तर, पाँणे भनेपछि जोसुकैले सहजै चिन्छ । नेपाली समाजको एउटा छुल्याहा पात्रको प्रतिबिम्ब वनेको पाँणेको परिकल्पना घिमिरे र उनका साथी कुमार कट्टेल ‘जिग्री’ले गरेका थिए ।
जतिवेला पाँणेको गेटअपमा उभिएर उनले ऐनामा हेरे, आफ्नो अनुहार देख्दा उनी आफैंलाई अचम्म लाग्यो । टाँसेको दार्‍ही, त्यसमा पनि सेतो रंग । कहाँ के नमिल्याजस्तो ।
उनको त्यही गेटअप दर्शकले भने मन पराए । सिरियल प्रशारण भएको लगभग सात महिनापछि उनले दार्‍ही टाँस्ने काम पनि छाडिदिए ।
‘आफ्नै नेचुरल दार्‍ही आएपछि अहिले नक्कली दार्‍ही टाँस्न छाडें’, उनले भने ।
झण्डै प्राण खुस्कीएन
पर्दामा दर्शकलाई पेट मिचिमिच हँसाउने क्षमता राख्छन् घिमिरे । अरुलाई हँसाउने क्रममा पाएको सास्ती भने कति हो कति । त्यस्ता कतिपय घटना घिमिरेको मष्तिस्कमा अहिले पनि ताजै छ ।
मुड्कु भन्ज्याङमा राती दुई बजे सुटिङ हुँदै थियो । सुटिङमा बिरामीको प्रसंग थियो । उनीहरु सुटुक्क सुटिङ गर्दै थिए । गाउँलेहरु आइपुगे, ‘कसलाई के भयो ?’ भन्दै ।
‘हामी सुटिङ गर्दै थियौं तर, गाउँलेहरुले हाम्रै साथी बिरामी भएको ठानेछन्’, घिमिरेले भने ।
सिन्धुपाल्चोकको भोटेचौरमा सुटिङको क्रममा घिमिरे स्वयं संयोगले बाँचे । जम्प गर्नुपर्ने दृश्यमा थोरै मिष्टेक हुँदा उनको टाउको भुईमा गाडिएको थियो । केही दिनअघि मात्रै हरि निरौला ‘कक्रोच’को हातमा १४ टाँका लगाउनुपर्‍यो ।
दुःखका कुरा कति हो कति । गरिसाध्यै र भनिसाध्यै छैन ।
‘यी सारा दुःख त्यतिवेला दुर हुन्छ जब कुनै कार्यक्रममा आफ्नो प्रस्तुति हेर्न भन्दै हजारांै दर्शक सहभागी भएका हुन्छन्’, घिमिरेले भने । source

No comments:

Post a Comment