१६ पुस, काठमाडौं । निर्वाचन आयोगले
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई चुनाव
खर्च बुझाउन ताकेता गरेको छ ।
आयोगले आइतबार एक सूचना प्रकाशित गरेर उम्मेदवारसँग विवरण मागेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ र प्रदेशसभा
सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ मा निर्वाचन खर्चको विवरण
दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५
दिनभित्र बुझाउनु पर्ने उल्लेख छ । आयोगले यही व्यवस्थाअनुरुप खर्च विवरण
बुझाउन उम्मेदवारहरुलाई आग्रह गरेको हो ।
उम्मेदवारले आयोग वा आयोगले तोकेको कार्यालयमा खर्च विवरण पेश गर्न सक्ने छन् ।
मंसिर १० र २१ गते दुई चरणमा प्रदेशसभामा ३३० र प्रतिनिधिसभामा १६५
स्थानमा प्रत्यक्ष निर्वाचन भएको थियो । प्रतिनिधिसभाका प्रत्यक्षतर्फका
उम्मेदवारले २५ र प्रदेशतर्फका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने सिलिङ
सरकारले तोकेको थियो । आयोगले खर्च सिलिङ तोके पनि अधिकांश उम्मेदवारले
लक्ष्मण रेखा नाघेर खर्च गरेका थिए ।
२०७४ पुष १६ गते ११:२८ मा प्रकाशित
No comments:
Post a Comment