१७ पुस, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना
पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।
निगम प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा
प्रतिलिटर एक-एक रुपैयाँ मूल्य बढाइएको छ । यसैगरी खाना पकाउने ग्यासमा
प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ
बढाइएको गोइतले जानकारी दिए ।
नयाँ मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ पर्ने छ । डिजेल र
मट्टितेलको एक लिटरको मूल्य ७९-७९ रुपैयाँ पुगेको छ । यसैगरी खाना पकाउने
ग्यास एक सिलिण्डर किन्दा १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ । हवाई
इन्धन आन्तरिकमा ३ रुपै
याँ बढेर ९० रुपैयाँ प्रतिलिटर पुगेको छ ।
नयाँ मूल्य अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनका पनि प्रति ब्यारेल ५० डलर बढाएर ९ सय डलर बनाइएको छ ।
नयाँ मूल्य सोमबार मध्यरातिदेखि लागू हुनेछ । मूल्य समायोजन गरेपछि
निगमको मासिक घाटा घटेर २६ करोड ४० लाखमा झरेको प्रवक्ता गोइतले जानकारी
दिए ।
अहिले निगमलाई पेट्रोलमा भने लिटरको २ रुपैयाँ ८३ पैसा नाफा छ । तर,
ग्यसमा प्रतिसिलिन्डर २ सय ८ रुपैयाँ घाटा छ । डिजेलमा पनि निगमलाई २
रुपैयाँ ७१ पैसा नाफा छ ।
तराईमा तेलका हकमा यो मल्य भन्दा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र पोखरा
तथा दाङमा ५० पैसा कम पर्छ । दिपायल, सुर्खेत र काठमाडौंको मूल्य भने एउटै
हुने निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनले नयाँ आज मूल्यसूची पठाएपछि इन्धनको मूल्य
समायोजन गरिएको निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले अनलाइनखबरसँग
बताए । source
No comments:
Post a Comment