चिसो हावा अत्यधिक चलेकाले स्थानीयलाई घरबाहिर निस्कनसमेत मुस्किल
पर्यो । ‘जतिसुकै कपडा लगाए पनि थरथर कमाउने जाडो छ,’ तिलाठी कोइलाडी–८ का
वडा सदस्य शिवनारायण मण्डलले भने, ‘दलित र विपन्न बस्तीमा बिजोग छ ।’
मजदुरी गरेर गुजारा गर्नेहरूका लागि जाडो अभिशाप भएर आएको मण्डलले बताए ।
‘न
कतै रोजगारी पाइन्छ न त आफैं घरबाट निस्कन सकिन्छ,’ कोइलाडीका राम सदाले
भने । चिसो बढेपछि सदरमुकाम राजविराजका अधिकांश पसल बन्द छन् । ‘चिसो
हावाका कारण पसलमा बसिसक्ने अवस्था छैन,’ राजविराजस्थित मारुती मेडिकल हलका
सञ्चालक ललन झाले भने, ‘हाडै कपाउने जाडो छ ।’
नगरपालिकाले
वन कार्यालयसँगको समन्वयमा स्थानीयलाई चिसोबाट जोगाउन राजविराजका विभिन्न
स्थानमा आगो बाल्ने गरेको छ । तर, चिसो हावा अत्यधिक चलिरहेकाले आगो ताप्न
पनि समस्या नै छ । सडकमा सवारीसाधन निकै कम छन् ।
मृतक थपिँदै
चिसोका
कारण मर्नेको संख्या पनि बढदै गएको छ । बुधबार बिहान कञ्चनरूप–९ का ४२
वर्षीय जडौली सदाको कठ्याग्रिंएर मृत्यु भएको स्थानीय बासिन्दाले जानकारी
दिए । यो समेत पछिल्ला १० दिनमा जिल्लामा जाडोका कारण मृत्यु हुनेको संख्या
२० पुगेको छ ।
कतिपयका घरमा न्यानो कपडा छैन भने
कतिपयमा चेतना अभाव देखिन्छ । टिनको छानोबाट शीत चुहिने भएकाले घरभित्रै
बस्न अप्ठ्यारो परेको उनीहरूको गुनासो छ ।
यसैबीच
धुर्मुस–सुन्तली फाउन्डेसनले बुधबार जिल्लाका मुसहर र चमार परिवारलाई
ब्लाङकेट वितरण गरेको छ । फाउन्डेसनका तर्फबाट सीताराम कट्टेल ‘धुर्मुस’ले
तिलाठी कोइलाडी–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिकाको वडा नम्बर ४
स्थित मुसहर र चमार बस्तीमा स्थानीय प्रसासनसँगको समन्वयमा ब्लाङकेट उपलब्ध
गराएका हुन् । जाडोमा मुसहर, चमारलगायत विपन्न बासिन्दा बढी प्रभावित हुने
गरेका छन् ।
प्रभावित बस्तीमा सरकारी टोली
शीतलहर
प्रभावित बस्तीमा बुधबार सरकारी टोलीले कम्बल वितरण गरेको छ । प्रजिअ
भागीरथ पाण्डेसहितको टोलीले जमुवा, मलेठ र करौनाका विपन्न समुदायलाई कम्बल
उपलब्ध गराएको हो ।
अघिल्ला
दुई दिन घाम लागेर मौसममा केही सुधार भए पनि बुधबार बिहानैदेखि बाक्लो
हुस्सु, चिसो हावा र तुषारोले जनजीवन थप कष्टकर भएको पाण्डेले बताए ।
विभिन्न संघसंस्थाको सहयोगमा जिल्ला विपद् व्यवस्थापन समितिलाई
प्राप्तमध्ये बुधबार मात्र २ हजार जनालाई कम्बल वितरण गरिएको उनको भनाइ छ ।
‘घरमा लुगा छ तर बाहिर निस्कँदा लगाएको हुँदैन,’ पाण्डेले भने, ‘चेतना
अभावमा पनि समस्या भइरहेको छ ।’ स्थानीय तहसित समन्वय गरी ग्रामीणस्तर र
विपन्न बस्तीमा चेतना प्रवाहको कार्यसमेत अघि बढाइएको उनले जानकारी दिए ।
यसैगरी धर्मी हल्फा महिला विकास क्लब राजविराजले एक सातायता जिल्लाको
विभिन्न विपन्न बस्तीमा १ हजार थान ब्लाङकेट वितरण गरेको छ । source
No comments:
Post a Comment