१७ पुस, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-३ का नगिन्द्र कार्की
अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को सैयामा छट्पटाइरहेका
छन् ।
युवा अवस्थामा धन कमाउने आकांक्षा बोकेर मलेसिया पुगेका कार्की
दुर्घटनापछि रित्तो हात र अर्धचेत शरीर लिएर दुई दिनअघि नेपाल फर्किएका
हुन् ।
डेढ महिना मलेसियामा उपचार गरी दूतावास र विभिन्न संघ-संस्थाको पहलमा उनलाई नेपाल फर्काइएको हो ।
उनलाई त्रिभूवन विमानस्थलबाट एम्बुलेन्समा राखेर सिधै ट्रमा सेन्टरमा
पुर्याइएको थियो । ट्रमा सेन्टरबाट अहिले थप उपचारका लागि केएमसीमा छन् ।
कार्कीका दुई खुट्टा र दायाँ हात अझै पनि चल्दैनन् । डाक्टरका अनुसार उनको हातखुट्टा चल्न केही महिना लाग्नेछ ।
बायाँ खुट्टा चार ठाउँमा भाँच्चिएको छ । दायाँ खुट्टा र हात एक/एक
ठाउँमा भाँच्चिएको छ । खुट्टामा घाउ नसुकेकोले एउटा अपरेसन गर्न बाँकी नै छ
।
०००
१२ वर्षअघि एसएलसी उत्तीर्ण गर्दा कार्की २० वर्षका थिए । विदेश गएर धन
कमाउने अनि घरजम गर्ने योजना बुने । पैसा जुटाएर एक जना साथीसँगै मलेसिया
पुगे ।
पाँच तारे होटेलमा काम गर्न भनी पुगेका उनी सामान्य चाइनिज होटेलमा काम
गर्न बाध्य भए । तलव जम्मा ५०० सय थियो । मालिकको खप्की खाइरहनु पर्ने ।
रिसको झोकमा उनी त्यहाँबाट भागे ।
‘सामान्य चाइनिज होटेलमा काम गर्न पर्यो । मालिक राम्रो थिएन,’ बेडबाट अलिकति टाउको उठाउँदै उनले भने, ‘अनि त्यहाँबाट भागेँ ।’ Source
No comments:
Post a Comment