२५ पुस, काठमाडौं । काष्ठमण्डपको एक हजार १०० वर्ष पुरानो काठ वसन्तपुर क्षेत्रमा बेवारिसे छोडिँदा चोरी हुन थालेको छ ।
पुरातात्विक महत्वको काठ काष्ठमण्डप, शिव पार्वती सत्तल, गृह
मन्त्रालयअन्तर्गतको समारोह प्रबन्ध फाँटको कार्यालय रहेको चोक, भैरव
मूर्ति अगाडि बेवारिसे अवस्थामा राखिएको छ । भूकम्पक३२महिना बित्दासमेत
काष्ठमण्डप पुनःनिर्माण त परै जावस् पुरातात्विक चीजबीजको संरक्षणसमेत हुन
सकेको छैन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिले काष्ठमण्डप पुनःनिर्माणको
जिम्मा स्थानीयवासीको समिति र पछि काठमाडौँ महानगरपालिकालाई दिएको थियो ।
महानगरपालिकाले पुनःनिर्माण शुरु गरेको छैन भने भत्किएका पुरातात्विक
महत्वका काठसमेत संरक्षण गर्न सकेको छैन् ।
सम्पदा संरक्षणको अभियानमा लागेकी स्थानीयवासी सुमना श्रेष्ठ
महानगरपालिका ऐतिहासिक महत्व बोकेका सम्पदा बनाउनभन्दा कमिसन खान लागेकाले
काष्ठमण्डपका चीजबीज संरक्षण हुन नसकेको गुनासो गर्छिन् । ‘महानगरपालिकाले
हनुमानढोका संरक्षण कार्यक्रममार्फत यहाँ छिरेका पर्यटकसँग पैसा असुल्छ, तर
त्यो पैसा कहाँ खर्च गर्छ ? काष्ठमण्डप भत्किएपछि पुरातात्विक चीजबीजको
संरक्षणका लागि पनि महानगरले ठाउँ उपलब्ध गराएन’ उनले भनिन् ।
काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानले गत वैशाखमा काठ नाप्न शुरु
गरेको थियो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि महानगरले नै
पुनःनिर्माण गर्ने निर्णय भएकाले कति काठ कहाँ कहाँ राखिएको छ भन्ने अभिलेख
महानगरसँगै हुनुपर्ने बताउँछिन् अभियानकी इन्जिनियर बिनीता मगैया ।
हनुमानढोका संरक्षण कार्यक्रम प्रमुख उदय पसखलः भने काष्ठमण्डपको कति
काठ छ भन्ने अभिलेख महानगरसँग नभएको बताउनुहुन्छ । यो अभिलेख पुरातत्व
विभागअन्तर्गतको हनुमानढोका दरबार हेरचाह अड्डामै हुनुपर्ने उनको भनाइ छ ।
विभिन्न कलाकृति कुँदेर काष्ठमण्डपमा हालिएका झ्याल, ढोकालगायत
पुरातात्विक चीजबीज भने सुरक्षित रहेको हनुमानढोका संरक्षण कार्यक्रमले
जनाएको छ । source
No comments:
Post a Comment