राहत बितरणका लागि अर्थमन्त्रालयबाट उक्त रकमको निकासा प्राप्त भएपछि सोको अख्तियारी गृह मन्त्रालयलाई दिइएको प्राधिकराणका सूचना अधिकारी मनोहर घिमिरेले बताए ।
बाढीका कारण पूर्ण रुपमा घर क्षति भएका ४१ हजार ६ सय २६ घरधुरीलाई प्रति परिवार घर मर्मत गर्न १५ हजार र न्यानो कपडा खरिदका लागि १० हजार रुपैया बितरण गर्ने उक्त रकम गृह मन्त्रालयलाई अख्तियारी दिएको प्राधिकरणका निमित्त सचिव यमलाल भूसालले जानकारी दिए ।
प्राधिकरण अन्र्तगतको बाढी पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना प्रमुख डा. सुमन कर्णले तराईमा अत्याधिक चिसोका कारण जनजीवन प्रभावित भएकाले तत्काल राहत स्वरुप घर मर्मत गर्न र न्यायो लुगा खरिदका लागि बुधवार -भोलि)देखि नै प्रभावित जिल्लाका जिल्ला बिपद् व्यवस्थापन समिति मार्फत रकम बितरणको प्रक्रिया सुरु गरिने बताए ।
कर्णका अनुसार बाढीपछिको पुनर्स्थापना आवश्यकता आकंलन प्रतिवेदन अनुसार १८ जिल्लामा पहिचान भएका ४१ हजार ६ सय २६ घरधुरीलाई क्षति भएका घर निर्माण वापत भविष्यमा उपलव्ध गराइने अनुदानमा घटाई हिसाव मिलान गर्ने गरी रकम बितरण गर्न लागिएको हो ।
आयोजना प्रमुख कर्णले तराईमा राहत बितरणको कामलाई प्रभावकारी बनाउन विभिन्न राजनीतिक दल र सरोकारवाला निकायसँग पनि छलफल भइरहेको बताए । source
No comments:
Post a Comment