घरमा
काम गर्ने १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको उजुरीका
आधारमा बुद्धनगरमा बस्ने मेजर प्रभवविक्रम शाह पक्राउ परेका हुन् ।
पक्राउलगत्तै वृत्तले सेनाको मुख्यालयमा यसबारे जानकारी गराएको थियो ।
बालबालिकाका
क्षेत्रमा कार्यरत एक संस्थाले दिएको गोप्य सूचनाका आधारमा मेजरलाई पक्राउ
गरिएको हो । बानेश्वर वृत्तका डीएसपी रवि पौडेलले पक्राउ गरिएलगत्तै
मेजरलाई नेपाली सेनालाई बुझाइएको बताए ।
स्रोतका
अनुसार मेजरले घरमा कार्यरत १४ वर्षीया बालिकासँग अप्राकृतिक सम्बन्ध
राख्ने प्रयास गरेका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल
भण्डारीले मेजर शाहलाई सैनिक प्रहरी गणमा हिरासतमा राखिएको बताए ।
‘प्रहरीले अनुसन्धान नसकुन्जेल उनी सेनाकै निगरानीमा रहन्छन्,’ उनले भने ।source
No comments:
Post a Comment