पुस २६, २०७४ - जाजरकोटको जुनीचाँदे
गाउँपालिकामा तीन सातादेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट मृत्यु हुनेको
संख्या १३ पुगेको छ । भाइरल ज्वरोले हिजो जुनीचाँदे ३ रावलगाउँका ५४ वर्षीय
लालबहादुर भण्डारी, २ का २ वर्षीय नबिन नाथ र वडा नं ५ का ६५ वर्षीया कालु
तिरुवाको ज्यान गएपछि मृत्यु हुनेको संख्या १३ पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले भाइरलका कारण
जुनीचाँदेमा ३ जनाको मात्र मृत्यु भएको बताउनुभयो । मृतक मध्ये १० जनाको
दम, पखाला, निमोनिया, छातीको संक्रमण लगायत रोगका कारणले मृत्यु भएको
उहाँको भनाई छ । तर जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले
भने मृत्यु भएका सबै भाईरल ज्वरोका बिरामी भएको बताउनुभयो ।
जुनीचाँदेमा फैलिएको भाईरल ज्वरो हालसम्म्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
आजसम्म जुनीचाँदेमा १ हजार २ सय बिरामीको उपचार भएको छ । उपचारमा आएका
मध्ये ३० प्रतिशतलाई रुघाखोकी र ज्वरोको समस्या भएको डा. पवन शाक्यले
बताउनुभयो । डा. शाक्य सहित २ मेडिकल अधिकृत र १३ जना स्वास्थ्यकर्मी रोग
प्रभावित क्षेत्रमा खटिएका छन् ।source
No comments:
Post a Comment