Wednesday, January 10, 2018

लोकतन्त्रको मानहानि डा. केसी प्रकरणले राज्यका अंगहरुको पूर्ण लोकतान्त्रीकरणको प्रश्नलाई सतहमा ल्याएको छ ।

काठमाडौँ — नेपालको लोकतन्त्र सहजै प्राप्त भएको होइन । वर्षौंका अनेक संघर्ष, हजारौंका बलिदानी र त्यागले सम्भव तुल्याएको हो । ठूलो दु:खले जगेर्ना गरेको आम नागरिकको स्वतन्त्रताको सुरक्षाका लागि राज्यको स्वरूप कल्याणकारी र समाजवाद उन्मुख बनाइएको हो ।
राज्यको एक स्वतन्त्र अंगका रूपमा स्थापित न्यायालयको प्रमुख दायित्व नागरिकका ती अधिकारको सुरक्षा गर्नु हो । संविधानको अन्तिम व्याख्या गर्ने र नागरिकलाई न्यायको प्रत्याभूति दिलाउने संस्था नै निहत्था नागरिकको आधारभूत स्वतन्त्रता खोस्न तम्सिन्छ भने सम्झनुपर्छ, लोकतन्त्र संकटग्रस्त छ ।
डा. गोविन्द केसीलाई सर्वोच्च अदालतको सक्रियतामा रातारात पक्राउ गर्नु केवल एक व्यक्तिको अपमान होइन । सिंगो विधिको भ्रष्टीकरण र सर्वोच्च अदालतलाई सम्मानजनक स्थान दिने व्यवस्थामाथिको प्रहार हो । जसले यो व्यवस्था स्थापनार्थ संघर्ष र दु:ख गर्‍यो, ऊ यो संकटमा आन्दोलित र आक्रोशित हुनु स्वाभाविकमात्र नभई जरुरी पनि छ । केसीका पक्षमा र अदालतको अलोकतान्त्रिक रवैयाविरुद्ध पोखिएको नागरिकको आक्रोश सामान्य हो । त्यसो त लोकतान्त्रिक व्यवस्थामा आवश्यक नागरिक तदारुकताको उदाहरण पनि हो यो । भनिन्छ– निरन्तर सतर्कता नै स्वतन्त्रताको मूल्य हो ।
डा. केसीका लोकतान्त्रिक राज्यलाई अरू जनमुखी बनाउने मागहरू हुन् । शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधारभूत तहका जनता नजिक पुर्‍याउन गरिनुपर्ने सामान्य कामहरू चुस्त ढंगले हुन जरुरी छ भनेर उनी लामो समयदेखि संघर्षरत छन् । आर्थिक उदारीकरण सुरु भएदेखि निजी क्षेत्रलाई शिक्षा र स्वास्थ्यमा बेरोकटोक लगानी गर्न हौसला दिइयो । मूलत: राज्यले जिम्मा लिनुपर्ने यी क्षेत्रहरूमा समेत निजी क्षेत्रको लगानी बढाउँदा र चुस्त प्रतिस्पर्धा गर्दा आम नागरिकले उचित सुविधा प्राप्त गर्छन् भन्ने ध्येय थियो । यी क्षेत्रहरूमा निजी लगानी हुनै हुँदैन भन्ने कसैको दाबी छैन, केसीले राखेका मागहरूमा समेत त्यस्तो छनक पाइँदैन । तर राज्यले उचित नियमन गरेर शिक्षा र स्वास्थ्यको गुणस्तर कायम गर्न अत्यन्त जरुरी छ । केसीका मागहरू पूरा हुनु भनेको आधारभूत मापदण्ड पूरा गरेर मात्र निजी स्वास्थ्य शिक्षा प्रतिष्ठानहरू सुचारु हुन पाउनु हो । अर्थात आम नागरिकले ती प्रतिष्ठानबाट गुणस्तरीय सेवा पाएका छन् भन्ने सुनिश्चित हुनु हो । यस्तो सुनिश्चितता हुन नसक्नुले सिंगो व्यवस्थाप्रति जनताको विश्वास क्षीण हुँदै जान सक्छ ।
निजी स्वास्थ्य शिक्षा प्रतिष्ठानहरूलाई नियमन गरेर उनीहरूले दिने सेवाको गुणस्तर कायम गराउनु भनेको निजी क्षेत्रलाई हतोत्साही तुल्याउनु होइन । बरु निजी लगानीमा खुलेका अस्पताल र शिक्षा प्रतिष्ठानहरूप्रति उठेका सन्देहलाई सम्बोधन गर्नु हो । त्यति मात्रै होइन, दिन–प्रतिदिन आम नागरिकमा निजी क्षेत्रप्रति बढ्दै गएका अविश्वासलाई समेत कम गराउनु हो । मुठ्ठीभर मेडिकल कलेजका सञ्चालकहरूका क्षणिक आर्थिक लाभनिम्ति राज्य आफ्ना आधारभूत जिम्मेवारीबाट पन्छिन मिल्दैन । तर अहिलेको अवस्था भने राज्य मातहत रहेर काम गर्ने मानिसबाट अख्यितारको दुरुपयोग भएको छ । अधिकार पाएका जिम्मेवार व्यक्तिहरूबाट नाफाखोर कम्पनीहरूसँग स्थापित अवाञ्छित सम्बन्धले अन्तत: निजी लगानीमा खुलेका मेडिकल कलेजहरू बदनाम भएका छन् । यसरी बदनामी गराउने कर्ममा राजनीतिक नेतृत्वको पनि उत्तिकै दोष छ । अझ भनौं सबैभन्दा बढी दोष छ ।
नेपालमा दक्ष चिकित्सकहरूको अभाव छ । त्यस निम्ति क्षमता र रुचि भएका युवालाई देशभरिबाट खोजी–खोजी स्वास्थ्यकर्मी बन्न हौसला दिन जरुरी छ । सहुलियत मूल्यमा शिक्षा प्रदान गर्न सकिने उपायहरूको खोजी पनि उति नै आवश्यक छ । स्वास्थ्य शिक्षा प्रतिष्ठानहरूलाई दक्ष चिकित्सकहरू उत्पादन गरेर देशका दूरदराजसम्म पठाउन सक्दा सिंगो नेपाली समाज स्वस्थ बन्न सक्छ । स्वस्थ र शिक्षित नागरिकले मुलुकलाई छोटो समयमा समृद्ध बनाउन सक्छन् । त्यसका लागि सरकार चलाउने राजनीतिक नेतृत्व इमानदार र दूरदर्शी हुनुपर्छ । त्यस्तो नेतृत्वका लागि डा. गोविन्द केसीजस्ता अभियन्ताहरू भरपर्दा सहयोगी हुन सक्छन् । केदारभक्त माथेमाजस्ता सम्मानित विद्वानको नेतृत्वमा बनेको आयोगले बुझाएका सुझावहरू नै पनि स्वास्थ्य र शिक्षा क्षेत्रलाई जनमुखी बनाउने सुरुवाती बिन्दु हुनसक्छ । तर अहिले सतहमा देखिएका विकृतिहरू हेर्दा लोकतान्त्रिक व्यवस्था सबल बनेर जनताले सेवा पाउनेमा ढुक्क हुन सकिँदैन ।
त्यसैले यसबेला आम तवरबाट केही प्रश्न उठाउन जरुरी छ । डा. केसीका यति सामान्य माग पूरा गराउन पटक–पटक किन अनशन बसिरहनुपर्ने ? उनलाई असान्दर्भिक तुल्याउन र अनावश्यक झन्झटका रूपमा पन्छाउन राज्यका सबै अंग परिचालित हुनुपर्ने कारण के हुन् ? लोकतान्त्रिक व्यवस्था स्थापनार्थ लडेका राजनीतिक नेतृत्वसमेत केसीविरुद्ध एकजुट हुनुपर्ने अवस्था कसरी आइलाग्यो ? हिजोका क्रान्तिकारीहरू अहिले देशमा मौलाइरहेको ‘क्रोनी क्यापिटालिजम’मा सहवरण हुनुको परिणाम त हैन ? सर्वोच्च अदालतका प्रधानन्यायाधीश विरुद्ध अनशन बस्ने बाध्यतामा कसरी आइपुगे केसी ? नागरिकले उठाएका उचित र आवश्यक सवाललाई निस्तेज पार्न न्यायालय सहजै दुरुपयोग हुनुले के संकेत गरेको छ ?
डा. केसी सम्बन्धमा न्यायालयले गराएको यो दुर्घटना स्वास्थ्य र शिक्षाबारे मात्र नभई सिंगो लोकतान्त्रिक व्यवस्थालाई जनमुखी बनाउन आम बहस सिर्जना गर्ने विन्दु हुनसक्छ । केसीकापक्षमा उर्लेको जनसमर्थनले यस्तो बहस चलाउन उत्प्रेरित गरेको छ । यसरी गरिएको बहसपछि बन्ने बलियो जनमतले राजनीतिक नेतृत्वलाई कमजोरी सच्याउन र लोकतन्त्रको मान राख्न बाध्य तुल्याउनेछ ।
डा. केसी प्रकरणले राज्यका अंगहरूको पूर्ण लोकतान्त्रीकरणको प्रश्नलाई पनि सतहमा ल्याएको छ । लामो संघर्षपश्चात् स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रमा लोकतन्त्र प्रक्रियामुखी मात्र भएको तर त्यसको अन्तरवस्तु र कार्यान्वयन पक्षमा अझै निरंकुशता र एकाधिकारवाद हावी रहेको सर्वत्र अनुभूत हुन्छ । खासगरी न्यायपालिका, राजनीतिक दल, ब्युरोक्रेसी, सुरक्षा अंग, संवैधानिक निकाय आदिमा लोकतान्त्रिक संस्कृतिको विकास अत्यन्त न्यून छ । न्यायपालिका र संवैधानिक निकायहरू समेतमा दलीय भागबन्डाको कुसंस्कार नराम्ररी झांगिँदै छ । भ्रष्टाचार, कमिसनखोरी र दुराचारको जालो सबैतिर व्याप्त बन्दै छ । डा. केसीको अभियानलाई यो पक्षसँग पनि जोडेर हेर्नु आवश्यक छ ।
अहिले चर्चामा रहेको अदालतको मानहानिको प्रश्नबारे पनि स्वस्थ सार्वजनिक बहस हुनु जरुरी छ । राज्य र लोकतन्त्रको एउटा महत्त्वपूर्ण खम्बा रहेको न्यायपालिकाप्रति सम्पूर्ण नागरिकको आस्था र सम्मान हुनु अति आवश्यक हुन्छ । यसमा सबै संवेदनशील बन्नैपर्छ । तर के गर्दा मानहानि हुन्छ र के गर्दा हुन्न भन्नेबारे सबै प्रस्ट हुनु जरुरी छ । भारतका एकजना चर्चित न्यायाधीशमार्कण्डेय काट्जुका अनुसार संविधानप्रदत्त जनताको अभिव्यक्तिको स्वतन्त्रता र अदालत वा न्यायाधीशको मानहानिको शक्ति बीचमा अन्तरविरोध देखापरे नागरिकको अधिकारलाई प्राथमिक र अदालत वा न्यायाधीशको शक्तिलाई द्वितीयक मान्नुपर्छ । किनकि लोकतन्त्रमा जनता नै सार्वभौम हुन्छन् । त्यसरी नै कसैले न्यायाधीश र उसको फैसलाको आलोचना गरे मानहानि हुन्न, तर न्यायालयको कामकारबाहीमा अवरोध गरे र उसको निर्णय अवज्ञा गरे मानहानि हुन्छ ।
डा. केसीको वचन र कर्म कुन क्षेत्रमा पर्छ ? सबैले मनन गरौं । source

झन् चिसियो तराई, मृत्यु हुनेको संख्या २० पुग्यो

राजविराज — दस दिनयता जाडो ह्वात्तै बढ्दा जिल्लाको जनजीवन झन्झन् कष्टकर बन्दै छ । सोमबार र मंगलबार केहीबेर घाम लागे पनि बुधबार बिहानैबाट बाक्लो हुस्सु र शीतलहरले घेरेको छ ।
चिसो हावा अत्यधिक चलेकाले स्थानीयलाई घरबाहिर निस्कनसमेत मुस्किल पर्‍यो । ‘जतिसुकै कपडा लगाए पनि थरथर कमाउने जाडो छ,’ तिलाठी कोइलाडी–८ का वडा सदस्य शिवनारायण मण्डलले भने, ‘दलित र विपन्न बस्तीमा बिजोग छ ।’ मजदुरी गरेर गुजारा गर्नेहरूका लागि जाडो अभिशाप भएर आएको मण्डलले बताए ।
‘न कतै रोजगारी पाइन्छ न त आफैं घरबाट निस्कन सकिन्छ,’ कोइलाडीका राम सदाले भने । चिसो बढेपछि सदरमुकाम राजविराजका अधिकांश पसल बन्द छन् । ‘चिसो हावाका कारण पसलमा बसिसक्ने अवस्था छैन,’ राजविराजस्थित मारुती मेडिकल हलका सञ्चालक ललन झाले भने, ‘हाडै कपाउने जाडो छ ।’

नगरपालिकाले वन कार्यालयसँगको समन्वयमा स्थानीयलाई चिसोबाट जोगाउन राजविराजका विभिन्न स्थानमा आगो बाल्ने गरेको छ । तर, चिसो हावा अत्यधिक चलिरहेकाले आगो ताप्न पनि समस्या नै छ । सडकमा सवारीसाधन निकै कम छन् ।
मृतक थपिँदै
चिसोका कारण मर्नेको संख्या पनि बढदै गएको छ । बुधबार बिहान कञ्चनरूप–९ का ४२ वर्षीय जडौली सदाको कठ्याग्रिंएर मृत्यु भएको स्थानीय बासिन्दाले जानकारी दिए । यो समेत पछिल्ला १० दिनमा जिल्लामा जाडोका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।

कतिपयका घरमा न्यानो कपडा छैन भने कतिपयमा चेतना अभाव देखिन्छ । टिनको छानोबाट शीत चुहिने भएकाले घरभित्रै बस्न अप्ठ्यारो परेको उनीहरूको गुनासो छ ।

यसैबीच धुर्मुस–सुन्तली फाउन्डेसनले बुधबार जिल्लाका मुसहर र चमार परिवारलाई ब्लाङकेट वितरण गरेको छ । फाउन्डेसनका तर्फबाट सीताराम कट्टेल ‘धुर्मुस’ले तिलाठी कोइलाडी–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिकाको वडा नम्बर ४ स्थित मुसहर र चमार बस्तीमा स्थानीय प्रसासनसँगको समन्वयमा ब्लाङकेट उपलब्ध गराएका हुन् । जाडोमा मुसहर, चमारलगायत विपन्न बासिन्दा बढी प्रभावित हुने गरेका छन् ।

प्रभावित बस्तीमा सरकारी टोली
शीतलहर प्रभावित बस्तीमा बुधबार सरकारी टोलीले कम्बल वितरण गरेको छ । प्रजिअ भागीरथ पाण्डेसहितको टोलीले जमुवा, मलेठ र करौनाका विपन्न समुदायलाई कम्बल उपलब्ध गराएको हो ।

अघिल्ला दुई दिन घाम लागेर मौसममा केही सुधार भए पनि बुधबार बिहानैदेखि बाक्लो हुस्सु, चिसो हावा र तुषारोले जनजीवन थप कष्टकर भएको पाण्डेले बताए । विभिन्न संघसंस्थाको सहयोगमा जिल्ला विपद् व्यवस्थापन समितिलाई प्राप्तमध्ये बुधबार मात्र २ हजार जनालाई कम्बल वितरण गरिएको उनको भनाइ छ । ‘घरमा लुगा छ तर बाहिर निस्कँदा लगाएको हुँदैन,’ पाण्डेले भने, ‘चेतना अभावमा पनि समस्या भइरहेको छ ।’ स्थानीय तहसित समन्वय गरी ग्रामीणस्तर र विपन्न बस्तीमा चेतना प्रवाहको कार्यसमेत अघि बढाइएको उनले जानकारी दिए । यसैगरी धर्मी हल्फा महिला विकास क्लब राजविराजले एक सातायता जिल्लाको विभिन्न विपन्न बस्तीमा १ हजार थान ब्लाङकेट वितरण गरेको छ । source

सेनाका मेजर बाल यौनदुराचारमा पक्राउ

काठमाडौँ — महानगरीय प्रहरी वृत्त बानेश्वरले बाल यौनदुराचार आरोपमा एक मेजर तहका सैनिकलाई पक्राउ गरी नेपाली सेनालाई बुझाएको छ ।
घरमा काम गर्ने १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको उजुरीका आधारमा बुद्धनगरमा बस्ने मेजर प्रभवविक्रम शाह पक्राउ परेका हुन् । पक्राउलगत्तै वृत्तले सेनाको मुख्यालयमा यसबारे जानकारी गराएको थियो ।

बालबालिकाका क्षेत्रमा कार्यरत एक संस्थाले दिएको गोप्य सूचनाका आधारमा मेजरलाई पक्राउ गरिएको हो । बानेश्वर वृत्तका डीएसपी रवि पौडेलले पक्राउ गरिएलगत्तै मेजरलाई नेपाली सेनालाई बुझाइएको बताए ।

स्रोतका अनुसार मेजरले घरमा कार्यरत १४ वर्षीया बालिकासँग अप्राकृतिक सम्बन्ध राख्ने प्रयास गरेका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले मेजर शाहलाई सैनिक प्रहरी गणमा हिरासतमा राखिएको बताए । ‘प्रहरीले अनुसन्धान नसकुन्जेल उनी सेनाकै निगरानीमा रहन्छन्,’ उनले भने ।source

जाजरकोटमा भाईलबाट मृत्यु हुनेको संख्या १३ पुग्यो http://bit.ly/2mf4ior

पुस २६, २०७४ - जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । भाइरल ज्वरोले हिजो जुनीचाँदे ३ रावलगाउँका ५४ वर्षीय लालबहादुर भण्डारी, २ का २ वर्षीय नबिन नाथ र वडा नं ५ का ६५ वर्षीया कालु तिरुवाको ज्यान गएपछि मृत्यु हुनेको संख्या १३ पुगेको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले भाइरलका कारण जुनीचाँदेमा ३ जनाको मात्र मृत्यु भएको बताउनुभयो । मृतक मध्ये १० जनाको दम, पखाला, निमोनिया, छातीको संक्रमण लगायत रोगका कारणले मृत्यु भएको उहाँको भनाई छ । तर जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले भने मृत्यु भएका सबै भाईरल ज्वरोका बिरामी भएको बताउनुभयो । जुनीचाँदेमा फैलिएको भाईरल ज्वरो हालसम्म्म पनि नियन्त्रणमा आउन सकेको छैन । आजसम्म जुनीचाँदेमा १ हजार २ सय बिरामीको उपचार भएको छ । उपचारमा आएका मध्ये ३० प्रतिशतलाई रुघाखोकी र ज्वरोको समस्या भएको डा. पवन शाक्यले बताउनुभयो । डा. शाक्य सहित २ मेडिकल अधिकृत र १३ जना स्वास्थ्यकर्मी रोग प्रभावित क्षेत्रमा खटिएका छन् ।source

Tuesday, January 9, 2018

श्रीमानलाई बस्न दिनुपर्ने उपप्रमुखको प्रस्तावपछि यस्तो विवाद


बारा - पचरौता नगरपालिकाकी उपप्रमुख इन्दुकुमारी यादवले नगर कार्यपालिकाको बैठकमा श्रीमानलाई बस्न दिनुपर्ने प्रस्ताव राखेपछि बैठक बस्न सकेको छैन। श्रीमान विनोद यादवलाई बस्न नदिए नगरसभा नै रोक्ने उनले चेतावनी दिएकी छन्।  आजको नयाँ पत्रिकामा खबर छ ।
उपप्रमुख इन्दुकुमारी यादवले श्रीमानलाई सल्लाहकारका रुपमा नगर कार्यपालिकाको बैठकमा सहभागी गराउने प्रस्ताव गरेकी थिइन्। तर कार्यपालिकाको बैठकमै सहभागी गराउन कानुनत: नमिल्ने भन्दै एक सदस्यले आपत्ति जनाएका थिए। लगत्तै उनले श्रीमानलाई बस्न नदिए नगरसभा बस्न नदिने चेतावनी दिएको स्रोतको भनाइ छ।
पचरौता नगरपालिकाको सभा २१ माघमा बस्दैछ। योजना छनोटका लागि उपप्रमुख यादवलाई संयोजक बनाइएको थियो। योजना छनोट समिति बनाउन बसेको बोर्ड बैठकमा उपप्रमुखले आफ्ना निकट व्यक्तिलाई सल्लाहकार तथा सहयोगी राख्न पाउनुपर्ने धारणा राखेपछि विवाद चर्किएको थियो।
पचरौता नगरपालिकाका सुखारी चौधरीका अनुसार प्रमुख यादवले आफ्ना निकट व्यक्तिलाई सल्लाहकार तथा सहयोगी राख्न पाउनुपर्ने माग गरेकी थिइन्। बोर्ड बैठकमा बसेका वडाका अध्यक्षहरुले पनि उपप्रमुख यादवले आफ्ना निकट व्यक्ति राख्न पाउँदा आफूहरुले पनि राख्न पाउनुपर्ने माग गरेपछि विवाद भएको स्रोतको भनाइ छ। source

चटपटे र पानीपुरीमा यस्तो हानिकारक तेल


काठमाडौं - तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छ? छ भने सावधान रहनुहोला। किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ। 
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो। आजको कारोबारको पहिलो पृष्ठमा खबर छ ।
विभागका शाखा अधिकृत दीपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोलीले चाबहिलस्थित धोविखोलानजिक एक कवाडी पसलबाट दूषित र हानिकारक तेल बिक्री गरेको फेला पारेको हो। ' कवाडी पसलमा स्वास्थ्यलाई प्रतिकल असर पार्ने पुरानो गन्हाउने तेल बिक्री गरेको भेटियो' शाखा अधिकृत पोखरेलले भने ' लेबल नभएको म्याद नाघेका ८० लिटर तेल जफत गरी प्रहरीलाई बुझाएका छौं।'
उपभोक्ताको स्वास्थ्यलाई प्रतिकुल असर पार्ने तेल भएकाले सो तेल बिक्री गर्ने एक जना र खरिद र्ने दुई जनालाई पक्राउ गरी गौशाला प्रहरी कार्यालयमा राखिएको उनले जानकारी दिए। 
तोरीको तेल भनेर ड्रममा राखेर प्रतिलिटरमा तीन सयदेखि चार सय रुपैयाँसम्म बिक्री गरेको अनुगमनका क्रममा भेटिएको छ । भारतीय नागरिक राजेश रौनियार सञ्चालक रहेको सो कवाडी पसलमा लामो समयदेखि हानिकारक तेल बेच्दै आएको पाइएको छ।
सो तेल चटपटे र पानीपुरीमा प्रयोग गर्ने गरिएको छ। सडक पेटीमा ठेलामा राखेर बिक्री गर्ने चटपटे र पानीपुरीमा सो तेल प्रयोग गर्ने गरेको पाइएको छ। यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ठेलामा राखेर बिक्री गरिने ससेज, पानीपुरी, चटपटे दूषित रहेको फेला पारेको थियो।
काठमाडौं - तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छ? छ भने सावधान रहनुहोला। किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ। 
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो। आजको कारोबारको पहिलो पृष्ठमा खबर छ ।
विभागका शाखा अधिकृत दीपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोलीले चाबहिलस्थित धोविखोलानजिक एक कवाडी पसलबाट दूषित र हानिकारक तेल बिक्री गरेको फेला पारेको हो। ' कवाडी पसलमा स्वास्थ्यलाई प्रतिकल असर पार्ने पुरानो गन्हाउने तेल बिक्री गरेको भेटियो' शाखा अधिकृत पोखरेलले भने ' लेबल नभएको म्याद नाघेका ८० लिटर तेल जफत गरी प्रहरीलाई बुझाएका छौं।'
उपभोक्ताको स्वास्थ्यलाई प्रतिकुल असर पार्ने तेल भएकाले सो तेल बिक्री गर्ने एक जना र खरिद र्ने दुई जनालाई पक्राउ गरी गौशाला प्रहरी कार्यालयमा राखिएको उनले जानकारी दिए। 
तोरीको तेल भनेर ड्रममा राखेर प्रतिलिटरमा तीन सयदेखि चार सय रुपैयाँसम्म बिक्री गरेको अनुगमनका क्रममा भेटिएको छ । भारतीय नागरिक राजेश रौनियार सञ्चालक रहेको सो कवाडी पसलमा लामो समयदेखि हानिकारक तेल बेच्दै आएको पाइएको छ।
सो तेल चटपटे र पानीपुरीमा प्रयोग गर्ने गरिएको छ। सडक पेटीमा ठेलामा राखेर बिक्री गर्ने चटपटे र पानीपुरीमा सो तेल प्रयोग गर्ने गरेको पाइएको छ। यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ठेलामा राखेर बिक्री गरिने ससेज, पानीपुरी, चटपटे दूषित रहेको फेला पारेको थियो। source


बाढीपीडितको राहतका लागि एक अर्ब विनियोजन भोलिदेखि नै वितरण थालिने

२५ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत साउनमा तराईका जिल्लामा गएको बाढीका कारण क्षति व्यहोरेका पीडितलाई घर मर्मत र तत्काल चिसोबाट जोगाउन न्यानो लुगा खरिद गरी बितरण गर्न गृह मन्त्रालयलाई एक अर्ब चार करोड ६ लाख ५० हजार रुपैयाँको अख्तियारी दिएको छ ।
राहत बितरणका लागि अर्थमन्त्रालयबाट उक्त रकमको  निकासा प्राप्त भएपछि सोको अख्तियारी गृह मन्त्रालयलाई दिइएको प्राधिकराणका सूचना अधिकारी मनोहर घिमिरेले बताए ।
बाढीका कारण पूर्ण रुपमा घर क्षति भएका ४१ हजार ६ सय २६ घरधुरीलाई प्रति परिवार घर मर्मत गर्न १५ हजार र न्यानो कपडा खरिदका लागि १० हजार रुपैया बितरण गर्ने उक्त रकम गृह मन्त्रालयलाई अख्तियारी दिएको प्राधिकरणका निमित्त सचिव यमलाल भूसालले जानकारी दिए ।
प्राधिकरण अन्र्तगतको बाढी पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना प्रमुख डा. सुमन कर्णले तराईमा अत्याधिक चिसोका कारण जनजीवन प्रभावित भएकाले तत्काल राहत स्वरुप घर मर्मत गर्न र न्यायो लुगा खरिदका लागि बुधवार -भोलि)देखि नै प्रभावित जिल्लाका जिल्ला बिपद् व्यवस्थापन समिति मार्फत रकम बितरणको प्रक्रिया सुरु गरिने बताए ।
कर्णका अनुसार बाढीपछिको पुनर्स्थापना आवश्यकता आकंलन प्रतिवेदन अनुसार १८ जिल्लामा पहिचान भएका ४१ हजार ६ सय २६ घरधुरीलाई क्षति भएका घर निर्माण वापत भविष्यमा उपलव्ध गराइने अनुदानमा घटाई हिसाव मिलान गर्ने गरी रकम बितरण गर्न लागिएको हो ।
आयोजना प्रमुख कर्णले तराईमा राहत बितरणको कामलाई प्रभावकारी बनाउन विभिन्न राजनीतिक दल र सरोकारवाला निकायसँग पनि छलफल भइरहेको बताए । source

चोरी हुन थाले काष्ठमण्डपका पुरातात्विक काठ

२५ पुस, काठमाडौं । काष्ठमण्डपको एक हजार १०० वर्ष पुरानो काठ वसन्तपुर क्षेत्रमा बेवारिसे छोडिँदा चोरी हुन थालेको छ । 
पुरातात्विक महत्वको काठ काष्ठमण्डप, शिव पार्वती सत्तल, गृह मन्त्रालयअन्तर्गतको समारोह प्रबन्ध फाँटको कार्यालय रहेको चोक, भैरव मूर्ति अगाडि बेवारिसे अवस्थामा राखिएको छ । भूकम्पक३२महिना बित्दासमेत काष्ठमण्डप पुनःनिर्माण त परै जावस् पुरातात्विक चीजबीजको संरक्षणसमेत हुन सकेको छैन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिले काष्ठमण्डप पुनःनिर्माणको जिम्मा स्थानीयवासीको समिति र पछि काठमाडौँ महानगरपालिकालाई दिएको थियो । महानगरपालिकाले पुनःनिर्माण शुरु गरेको छैन भने भत्किएका पुरातात्विक महत्वका काठसमेत संरक्षण गर्न सकेको छैन् ।
सम्पदा संरक्षणको अभियानमा लागेकी स्थानीयवासी सुमना श्रेष्ठ महानगरपालिका ऐतिहासिक महत्व बोकेका सम्पदा बनाउनभन्दा कमिसन खान लागेकाले काष्ठमण्डपका चीजबीज संरक्षण हुन नसकेको गुनासो गर्छिन् । ‘महानगरपालिकाले हनुमानढोका संरक्षण कार्यक्रममार्फत यहाँ छिरेका पर्यटकसँग पैसा असुल्छ, तर त्यो पैसा कहाँ खर्च गर्छ ? काष्ठमण्डप भत्किएपछि पुरातात्विक चीजबीजको संरक्षणका लागि पनि महानगरले ठाउँ उपलब्ध गराएन’ उनले भनिन् ।
काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानले गत वैशाखमा काठ नाप्न शुरु गरेको थियो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि महानगरले नै पुनःनिर्माण गर्ने निर्णय भएकाले कति काठ कहाँ कहाँ राखिएको छ भन्ने अभिलेख महानगरसँगै हुनुपर्ने बताउँछिन् अभियानकी इन्जिनियर बिनीता मगैया ।
हनुमानढोका संरक्षण कार्यक्रम प्रमुख उदय पसखलः भने काष्ठमण्डपको कति काठ छ भन्ने अभिलेख महानगरसँग नभएको बताउनुहुन्छ । यो अभिलेख पुरातत्व विभागअन्तर्गतको हनुमानढोका दरबार हेरचाह अड्डामै हुनुपर्ने उनको भनाइ छ ।
विभिन्न कलाकृति कुँदेर काष्ठमण्डपमा हालिएका झ्याल, ढोकालगायत पुरातात्विक चीजबीज भने सुरक्षित रहेको हनुमानढोका संरक्षण कार्यक्रमले जनाएको छ । source

Monday, January 1, 2018

नगिन्द्रको नियतिः मलेसियाबाट १२ वर्षमा फर्किँदा अर्धचेत शरीर, रित्तो हात

१७ पुस, काठमाडौं  । उदयपुरको त्रियुगा नगरपालिका-३ का नगिन्द्र कार्की अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को सैयामा छट्पटाइरहेका छन् ।
युवा अवस्थामा धन कमाउने आकांक्षा बोकेर मलेसिया पुगेका कार्की दुर्घटनापछि रित्तो हात र अर्धचेत शरीर लिएर दुई दिनअघि नेपाल फर्किएका हुन् ।
डेढ महिना मलेसियामा उपचार गरी दूतावास र विभिन्न संघ-संस्थाको पहलमा उनलाई नेपाल फर्काइएको हो ।
उनलाई त्रिभूवन विमानस्थलबाट एम्बुलेन्समा राखेर सिधै ट्रमा सेन्टरमा पुर्‍याइएको थियो । ट्रमा सेन्टरबाट अहिले थप उपचारका लागि केएमसीमा छन् ।
कार्कीका दुई खुट्टा र दायाँ हात अझै पनि चल्दैनन् । डाक्टरका अनुसार उनको हातखुट्टा चल्न केही महिना लाग्नेछ ।
बायाँ खुट्टा चार ठाउँमा भाँच्चिएको छ । दायाँ खुट्टा र हात एक/एक ठाउँमा भाँच्चिएको छ । खुट्टामा घाउ नसुकेकोले एउटा अपरेसन गर्न बाँकी नै छ ।
०००
१२ वर्षअघि एसएलसी उत्तीर्ण गर्दा कार्की २० वर्षका थिए । विदेश गएर धन कमाउने अनि घरजम गर्ने योजना बुने । पैसा जुटाएर एक जना साथीसँगै मलेसिया पुगे ।
पाँच तारे होटेलमा काम गर्न भनी पुगेका उनी सामान्य चाइनिज होटेलमा काम गर्न बाध्य भए । तलव जम्मा ५०० सय थियो । मालिकको खप्की खाइरहनु पर्ने । रिसको झोकमा उनी त्यहाँबाट भागे ।
‘सामान्य चाइनिज होटेलमा काम गर्न पर्‍यो । मालिक राम्रो थिएन,’ बेडबाट अलिकति टाउको उठाउँदै उनले भने, ‘अनि त्यहाँबाट भागेँ ।’ Source

इन्धनको मूल्य बढ्यो, पेट्रोल अब लिटरको १०२ रुपैयाँ

१७ पुस, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।
निगम प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक-एक रुपैयाँ मूल्य बढाइएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको गोइतले जानकारी दिए ।
नयाँ मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९-७९ रुपैयाँ पुगेको छ । यसैगरी खाना पकाउने ग्यास एक सिलिण्डर किन्दा १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ । हवाई इन्धन आन्तरिकमा ३ रुपै
याँ बढेर ९० रुपैयाँ प्रतिलिटर पुगेको छ ।
नयाँ मूल्य अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनका पनि प्रति ब्यारेल ५० डलर बढाएर ९ सय डलर बनाइएको छ ।
नयाँ मूल्य सोमबार मध्यरातिदेखि लागू हुनेछ । मूल्य समायोजन गरेपछि निगमको मासिक घाटा घटेर २६ करोड ४० लाखमा झरेको प्रवक्ता गोइतले जानकारी दिए ।
अहिले निगमलाई पेट्रोलमा भने लिटरको २ रुपैयाँ ८३ पैसा नाफा छ ।  तर, ग्यसमा प्रतिसिलिन्डर २ सय ८ रुपैयाँ घाटा छ । डिजेलमा पनि निगमलाई २ रुपैयाँ ७१ पैसा नाफा छ ।
तराईमा तेलका हकमा यो मल्य भन्दा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र पोखरा तथा दाङमा ५० पैसा कम पर्छ । दिपायल, सुर्खेत र काठमाडौंको मूल्य भने एउटै हुने निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनले नयाँ आज मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले अनलाइनखबरसँग बताए । source